११ असार २०८२, बुधबार | Wed Jun 25 2025


सात उपमहानगरपालिका मध्ये कुनमा कसको अग्रता ?


0
Shares

कांग्रेसका उम्मेदवार भीम पराजुलीले ५ हजार ६ सय ९३ मत प्राप्त गरी अग्रता लिएका छन् ।

एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार विनोद ढकालले ४ हजार २७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी निर्वाचन भएका सात वटा उपमहानगरपालिकामध्ये पाँच वटामा नेकपा एमाले, एउटामा नेपाली कांग्रेस र एउटामा राप्रपाका उम्मेदवार अगाडि देखिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

सुनसरीको ईटहरी र धरान, रुपन्देहीको बुटवल, दाङको तुल्सीपुर र घोराही उपमहानगरपालिकामा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।