११ असार २०८२, बुधबार | Wed Jun 25 2025


रुपन्देहीमा काँग्रेसको पहिलो जित, मर्चवारीमा संघीय विजयी, माओवादी केन्द्रले खाता खोल्यो


0
Shares

-दीपक घिमिरे/ईमेज

रुपन्देहीको गाँउपालिकामा अध्यक्ष तथा उपाध्यक्ष पदमा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

मायादेवीमा नेपाली काँग्रेसका ध्रुवनारायण चौधरी विजयी भएका हुन् ।

उपाध्यक्षमा पनि काँग्रेसकै तारादेवी यादव विजयी भएको निर्वाचन अधिकृत रुद्र पन्थीले जानकारी दिए ।

चौधरीले २८१६ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा २२१३ मत ल्याएर यादव विजयी भए ।

उनीहरुका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे यादवले अध्यक्षमा २२५२ ल्याए भने उपाध्यक्षमा मधेशी जनाधिकार फोरम लोकतान्त्रीककी राजकुमारी चौधरीले २१६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत पन्थीले जानकारी दिए ।

२० हजार ८ सय ८६ मतदाता रहेको मायादेवीमा १६ हजार ८ सय ९७ मत खसेको थियो । मायादेविमा झण्डै १५ प्रतिशत मद बदर भएको अधिकृत पन्थीले जानकारी दिए ।

पूरा मत बदरको तुलनामा आशिंक मत वदरको सङख्या बढी रहेको उनले बताए ।

त्यस्तै, रुपन्देहीकै मर्चवारी गाँउपालिकामा संघीय समाजवादी फोरमले जितेको छ ।

बिहान सम्पन्न मत गणना अनुसार संघीय समाजवादी फोरमका केशवनन्द बाँनिया ३४०५ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका ज्ञान प्रसाद मिश्रले २१६६ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा पनि फोरमकै सुनिता कलवारले २०५४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत संजिव पोखरेलले जानकारी दिए । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी श्रीकान्ती बरईले १८३९ मत प्राप्त गरकी थिइन् ।

१७ हजार ९ सय ८१ मतदाता रहेको मर्चवारी गाँउपालिकामा १३ हजार ८ सय १८ मत खसेको निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए ।

मर्चवारीमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा खसेको मतको झण्डै १५ प्रतिशत मत बदर भएको जनाइएको छ ।

यो सहित रुपन्देहीमा संघिय समाजवादी फोरमले तीन बटा गाँउपमालिकामा जित हासिल गरेको छ ।

उता, माओवादी केन्द्रले पनि खाता खोलेको छ ।  ओमसतिया गाउँपालिकामा जित हासिल गर्दै माओवादी केन्द्रले खाता खोलेको हो ।

माओवादी केन्द्रका हिराकुमार केवट २४४२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मञ्जितकुमार यादवले २३११ मत ल्याए ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले २२६४ मत ल्याएर विजयी  भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अमृता उप्रेतीले २१७२ मत प्राप्त
गरिन् ।

रुपन्देहीमा १६ बटा स्थानिय निकाय मध्ये ५ वटाको अन्तिम परिणाम आइसकेको छ ।

५ बटा मध्ये एमालेले २, संघीय समाजवादी फोरमले २ र माओवादी केन्द्रले एक स्थानमा विजयी हासिल गरेका छन् ।