राजधानीमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनमा काँग्रेस निरन्तर प्रयासरत रहेको र असन्तुष्ट सबैलाई मूलधारमा ल्याउन निरन्तर प्रयास गरिहरेको दावी गरे ।
संविधानले सम्बोधन गर्न नसकेका आदिवासी जनजाती, मधेसी, दलित उत्पीडित समुदायका मुद्दालाई सम्बोधन गर्न काँग्रेस तयार रहेको केसीले बताए ।
एमाले नेता रबिन्द्र अधिकारीले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको चरणमा गएको दावी गरेका छन् ।
संघीय आधार बलियो बनेकाले संघ र प्रदेशको निर्वाचन पनि छिट्टै गर्नुपर्नेमा उनले जोड दिए ।
उनले एमाले संविधान संसोधनको लागि बातावरण बनाउन र समस्या समाधान गर्न लचिलो बन्ने बताए ।
माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले मधेस केन्द्रित दलको माग संबोधन गर्न छलफल जारी रहेपनि तेस्रो चरणको निर्वाचन अघि सविधान संशोधन संभव नरहेको बताए ।
तर राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले भने संविधान संशोधन बिना निर्वाचनको कुनै औचित्य नरहने बताए ।
उनले राजपा र एमालेबीच फाटो ल्याउने काम माओवादी र काँग्रेसले गरेको आरोप उनको थियो । सविधान संशोधन सहमतीको आधारमा गर्न उनले आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्