फाइल फोटो
विराटनगरमा सोमबार (आज) सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे ।
आगामी असोज २ गतेहुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसंग कोट्याउँदै उनले संविधान संशोधनलगायतका प्रस्ताव पारित गराउन नेकपा (एमाले)ले उदारतासाथ सहयोग गर्नुपर्ने धारणा प्रकट गरे ।
तेस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान संशोधनको पहिलो कार्यभार पुराहुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै प्रदेश र संघीय संसद्को निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले दोस्रो चरणको निर्वाचन परिणामले आफ्नो पार्टी एउटा शक्तिको रुपमा देखिएको भन्दै उनले आगामी दिनको निर्वाचनमा अन्य दलसँग सहकार्य गर्न सदैव ढोका खुला राखेको धारणा व्यक्त गरे । रासस





प्रतिक्रिया दिनुहोस्