
सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् ।
घटनास्थलबाटै पक्राउमा परेका तामाङले जबर्जस्ती करणी गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्