Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बस पल्टिँदा घाइते सातमध्ये तीनजनाको मृत्यु, मृतकमा तीन महिनाकी बालिका र उनका पिता


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।

उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमा नै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

 

अघिल्लो समाचार

चितवन, असार २० । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु र निजकी तीन महिनाकी छोरीको मृत्यु भएको छ ।

उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । तीमध्ये चालक कैलालीका ४५ वर्षीय दिनेश राना र मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताए ।

अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ । काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो । बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो । (रासस)