Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


कपिलवस्तुको शिवराज नगरपालिकामा एमाले विजयी, २३ बर्षीया शिवकुमारी भइन उपमेयर


0
Shares

कुल गणना भएको २४ हजार ६ सय ३५ मत मध्ये अधिकारीले ६ हजार १ सय ५५ मतका साथ विजयी घोषणा भएका हुन् ।

उनका प्रतिद्धन्द्धी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरीले ४ हजार ७ सय ४२ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेले विजय हात पारेको छ ।

२३ बर्षिया शिवकुमारी चौधरीले ५ हजार ९ सय ६२ मत पाएकी छिन् । उनका प्रतिद्धन्दी फोरमकै सुमन यादवले ३ हजार २९ मत पाएकी थिइन् ।

कुल ११ वटा वडा भएको शिवराजमा वडा नं. १,३,४ र ५ एमालेले प्यानल सहित जितेको छ भने राजपाका स्वतन्त्र उम्मेद्धवारहरुले वडा नं. ७ र १० जितेका छन् ।

वडा नं. ९ शिवगढीमा माओवादी केन्द्रले प्यानल सहित जित हात पारेको छ ।

वडा नं. ११ मा कांग्रेस, २ मा फोरम लोकतान्त्रिक, ६ र ८ मा फोरमले जित हात पारेको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् ।

यससंगै कपिलवस्तुका २ वटा स्थानमा एमालेले कब्जा जमाएको छ ।