Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


झापामा राजपाका वडाध्यक्ष !


0
Shares

उनले चार सय १७ मत ल्याई निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का महेन्द्रप्रसाद राजवंशीलाई ३९ मतले पछि पार्दै जितेका हुन् ।

यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपाले भाग नलिने जनाए पनि आफ्नो पकड देखिएको स्थानमा स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । हालसम्मको प्राप्त परिणामअनुसार झापामा राजपाले जितेको यो पहिलो हो ।

यहाँ अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण साह चार हजार ३९३ र उपाध्यक्षमा नेकपा (एमाले) की कुन्ती बुढाथोकी तीन हजार ८१६ मत प्राप्त गरी विजयी भएकी छन् । रासस