Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


रुपन्देहीको सैनामैना प्रमुखमा हारेपछि कांग्रेस जिल्ला सदस्यबाट राजीनामा


0
Shares

कांग्रेसका जिल्ला सदस्य रहेका शर्माले प्रमुखमा पराजित भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताए । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले पदबाट राजीनामा दिएको बताएका हुन् ।

विज्ञप्तिमा उनले लेखेका छन्–‘मेरो नेतृत्वमा चुनाव लड्दा मसहित धेरै साथीहरूले सफलता प्राप्त गर्न नसकेको हुँदा नैतिकताको आधारमा जिल्ला कार्यसमितिबाट राजीनामा दिएको छु । आगामी दिनमा राष्ट्रियता, समाजवाद र लोकतन्त्रका लागि लडिरहनेछु ।’

शर्माले निर्वाचनमा विजय प्राप्त गर्नेहरुलाई बधाइ र सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।

सैनामैनाको प्रमुखमा नेकपा एमालेका चित्रबहादुर कार्की १३ हजार ३६ मत ल्याउँदै विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी शर्माले १० हजार ३ सय ५ मत ल्याएका छन् ।