११ असार २०८२, बुधबार | Thu Jun 26 2025


२८४ स्थानीय तहको परिणाम सार्वजनिक, एमाले १२३, कांग्रेस १०८, माओवादी ३६ मा विजयी


0
Shares

चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मंगलबार दिउँसो साढे २ बजेसम्म एमालेले १२३ स्थानीय तहमा विजय हासिल गरेको छ ।

एमालेलाई पछ्याउँदै गरेको नेपाली कांग्रेसले १०८ स्थानीय तहमा जित दर्ता गरेको छ भने नेकपा माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानमा जितेको छ भने नेपाल लोकतान्त्रिक फोरम ५ स्थानीय तहमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, राष्ट्रिय जनमोर्चा २ र एकजना स्वतन्त्र उम्मेदवारले प्रमुखमा जित हासिल गरेका छन् ।