Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


झाडापखालाबाट थप एकजनाको मृत्यु, २५ सिकिस्त


0
Shares

पछिल्लोपटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.चुमनलाल दासले जानकारी दिए ।

झाडापखालाबाट थलिएकी गुद्रीदेवीको अस्पताल लैजाने तयारी भइरहेका बेला राति मृत्यु भएको प्रमुख डा.दासले बताए । योसँगै उक्त गाउँमा फैलिएको झाडापखालाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि गतसाता झाडापखालाबाट सीतापुरप्रध–८ निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको थियो । झाडापखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीय मलुकी देवी, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीया कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय, ३५ वर्षीया पवित्री देवी दास, १५ वर्षीय मनोजकुमार दास, ३५ वर्षीय रुवीकुमारी यादव, १४ वर्षीया अमिरती कुमारी दासलगायत २५ जनाभन्दा बढी सिकिस्त बिरामीको चिकित्सकको निगरानीमा स्वास्थ्य चौकी सीतापुरमा उपचार भइरहेको छ ।

सिकिस्त भएका बिरामीलाई स्वास्थ्य चौकीमै राखेर उपचार गरिएको  र उनीहरुको अवस्था सामान्य बन्दै गएको चिकित्सकले बताएका छन् । रासस