
संघीय समाजवादी फोरमले विरोध जनाएपछि मतगणना स्थगित गरिएको हो । आफ्नो मत नेकपा मालेका उम्मेदवारलाई परेको भन्दै संघीय समाजवादी फोरमले विरोध जनाएको हो ।
यसैबीच, धरान उपमहानगरपालिको मतगणनामा कर्मचारीले लापरबाही गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थलबाहिर नाराबाजी गरिरहेका छन् ।
मतगणना स्थगित भएको १२ घन्टा बितिसक्दा पनि पुनः गणना सुरु नभएपछि माओवादी केन्द्रले निर्वाचन अधिकृत र मतगणनामा खटिएका कर्मचारीलाई कारबाहीको माग गर्दै मतगणनास्थल धरान सभागृहमा नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्