
मंगलबार सम्पन्न मतपरिणामअनुसार नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमलाल चाम्लिङले १० हजार ३२९ मत ल्याए ।
उपाध्यक्षमा एमालेकै दुर्गा भट्टराई १२ हजार ८९० मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी वन्दना अधिकारीले ९ हजार ९९७ मत प्राप्त गरिन् ।
यससँगै इलामका १० ओटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ ।
तीमध्ये इलाम, माई, देउमाई नगरपालिका र सूर्याेदय नगरपालिका तथा सन्दकपुर, माई जोगमाई र चुलाचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ ।
फाकफोकथुम र माङ्सेबुङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले तथा रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा कांग्रेसले विजय हासिल गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्