११ असार २०८२, बुधबार | Thu Jun 26 2025


कन्चनपुरका ९ मध्ये पाँच स्थानीय तहको नतिजा सार्वजनिक


0
Shares

कन्चनपुरको महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाडी गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।

नतिजा सार्वजनिक भएका पाँच स्थानीय तहमध्ये एमालेले दुई, कांग्रेसले दुई र माओवादी केन्द्रले एक तहमा जित हासिल गरेका छन् ।

एमालेले एक नगरपालिका प्रमुख, एक गाउँपालिका अध्यक्ष, तीन उपप्रमुख र एक गाउँपालिका उपाध्यक्ष जितेको छ भने कांग्रेसले दुई प्रमुख जितेको छ ।

नेकपा माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष जितेको छ ।

कन्चनपुरमा ९ ओटै स्थानीय तहमा रहेका कुल २ लाख ३५ हजार ७ सय ३५ मतमध्ये ७० प्रतिशत बढी मत खसेको निर्वाचन कार्यालय कन्चनपुरले जनाएको छ ।

विजयी उम्मेदवार तथा पार्टीहरुले विजयी जुलुस निकाल्नेक्रम जारी छ ।