११ असार २०८२, बुधबार | Thu Jun 26 2025


पाँचथरका ८ ओटै स्थानीय तहका विजेताहरुले लिए शपथ


0
Shares

मंगलबार सदरमुकाम फिदिमका प्रमुख, उपप्रमुखलगायत १४ ओटा वडाका वडाअध्यक्ष र ५६ जना सदस्यहरुलाई शपथग्रहण गराइएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्लाका तुम्बेवा, मिक्लाजुङ, कुमायक, फाल्गुनन्द, हिलिहाङ, फालेलुङ र याङबरक गाउँपालिकाको शपथग्रहण यसअघि नै भइसकेको छ ।

पाँचथरमा ८ ओटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३ र माओवादी केन्द्रले एक स्थानीय तहमा जितेका छन् ।