भारतको तीनदिने भ्रमण गरी मंगलबार स्वदेश फर्किएका मन्त्री महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाइ दिएको जानकारी दिए ।
सोक्रममा नेपालमा भारतीय लगानीमा सन्चालित आयोजनाहरुको काम तीव्र बनाउने विषयमा छलफल भएको पनि उनले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमासमेत भेटमा कुराकानी भएको पनि मन्त्री महराले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्