
शाह ७ हजार १७८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवप्रसाद कलवारले ३ हजार ८० मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी सवनम खातुन ३ हजार २६९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी आरतीदेवी चौधरीले २ हजार ९९९ मत प्राप्त गरिन् ।
प्रमुखमा निर्वाचित भएका रजतप्रताप शाह संघीय समाजवादी फोरमका कार्यकर्ता हुन् । रजतप्रताप शाह सांसद अभिषेकप्रताप शाहका काका हुन् ।
संघीय समाजवादी फोरमको प्रभाव क्षेत्र मानिएको त्यस नगरपालिकामा शाह फोरमबाटै उम्मेदवारको आकांक्षी थिए ।
तर, अन्तिम समयमा सांसद शाहका दाजु अभयप्रताप शाहलाई संघीय समाजवादी फोरमले आधिकारिक उम्मेदवार बनाएपछि रजतप्रताप शाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्