११ असार २०८२, बुधबार | Thu Jun 26 2025


कपिलवस्तुको शिवराजमा एमालेको वियजी जुलुस


0
Shares

नगरपालिकाको प्रमुख एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएपछि एमालेले मंगलबार विजयी जुलुस निकालेको हो ।

संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरीलाई पराजित गर्दै एमाले उम्मेदवार अघिकारी विजयी भएका हुन् । अधिकारीले ६ हजार १५५ मत प्राप्त गरेका छन् उनका निकटतम् चौधरीले ४ हजार ७४२ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेले जित हासिल गरेको छ । एमाले उम्मेदवार २३ वर्षीया शिवकुमारी चौधरी ५ हजार ९६२ मतसहित विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी समाजवादी फोरमकै सुमन यादवले ३ हजार २९ मत पाएकी छन् ।

कुल ११ ओटा वडा रहेको शिवराजमा वडा नम्बर–१, ३, ४ र ५ एमालेले प्यानलसहित जितेको छ भने राजपाका स्वतन्त्र उम्मेदवारहरुले वडा नम्बर–७ र १० जितेका छन् ।