
काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजेता टुंगो लगाइएको हो ।
एमाले उम्मेदवार काफ्ले र कांग्रेस उम्मेद्वार राईले बराबरी ८ हजार २७५ मत प्राप्त गरेपछि विजेता टुंगो लगाउनेबारे निर्वाचन आयोगसँग परामर्श गरिएको थियो ।
निर्वाचन अधिकृतले निर्वाचन आयोगसँग परामर्श गरी लोगाप्रथाबाट विजेताको टुंगो लगाउने निर्णय सुनाएका थिए ।
आयोगको निर्देशनपछि गराइएको गोलाप्रथामा एमाले उम्मेदवार काफ्ले ‘भाग्यमानी’ सावित भएकी हुन् ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्ष र सदस्यमा विभिन्न ठाउँमा गोलाप्रथाबाट विजेता टुंगो लगाइएपनि प्रमुख पदमा भने पहिलोपटक गोलाप्रथा भएको हो ।
कमल गाउँपालिकाको उपाध्यक्षमा पनि एमाले उम्मेदवार बेणु शिवाकोटी ९ हजार ४१८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी दीपा गौतम भण्डारीले ४ हजार ९९२ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्