Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


जातीय र साम्प्रदायिक विद्वेष फैलाउन खोज्नेहरु पराजित : पोखरेल


0
Shares

मंगलबार दाङको घोराही उपमहानगरपालिकामा एमालेको विजयसभालाई सम्बोधन गर्दै उनले जात र समुदायबीच द्वन्द्व सिर्जना गर्नेहरुको विरोध र सबै जाति र समुदायलाई जोड्न गरेको एमालेको प्रयासलाई जनताले अनुमोदन गरेको टिप्पणी गरे ।

कैलालीको टीकापुरमासमेत एमालेले जितेको उल्लेख गर्दै नेता पोखरेलले एमालेलाई मधेस, पहाडका सबै समुदायले विश्वास गरेकोसमेत बताए ।

जात र सम्प्रदायको नाममा समाजमा द्वन्द्व चाहने प्रवृृत्तिविरुद्ध दाङले सन्देश दिएको भन्दै उनले जातीय र साम्प्रदायिक विद्वेष फैलाउन खोज्नेहरु पराजित भएको टिप्पणी गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर नरुलाल चौधरी र उपमेयर सीता न्यौपानेले एमालेप्रति जनताले गरेको विश्वास र भरोसालाई टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

दाङका १० ओटा स्थानीय तहमध्ये एमालेले पाँचओटामा जित हासिल गरिसकेको छ भने मतगणना जारी रहेको तुलसीपुर उपमहानगरपालिकामासमेत अग्रता लिएको छ ।