११ असार २०८२, बुधबार | Thu Jun 26 2025


अछामको मंगलसेनका जनप्रतिनिधिहरुले लिए शपथ


0
Shares

यही असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनबाट निर्वाचित प्रमुख पदमबहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, १४ ओटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई एक कार्यक्रमकाबीच मंगलबार प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा अछामका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद उपाध्याय पंगेनीले प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई शपथ खुवाएका थिए । निर्वाचित सदस्यहरुलाई भने प्रमुख बोहराले शपथ खुवाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले सुन्दर मंगलसेनको निर्माणका लागि लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।