
लगन र मिहेनतका साथ तीन वर्षअघि फेसन डिजाइनमै स्नातक अध्ययन पूरा गरेर भविष्य बनाउँदै गरेकी अन्चु छोटो समयमै आफ्नो परिश्रम, सोच र आत्मविश्वासले विस्तारै सफलतातिर डोर्याउँदा खुसी छिन् ।
अहिले उनी लाजिम्पाटमा आफैंले खोलेको ‘स्टित्चल्यान्ड क्लोथिङ स्टोर’को प्रमुख बनेर काम गरिरहेकी छन् ।
त्यसो त उनी आफ्नो रुचि र सीपलाई आफ्नै स्टोरमामात्र नभइ मिस नेपालदेखि नेपाली र भारतीय कलाकाहरुका पहिरन डिजाइन गरेर प्रसिद्धी कमाएको नेपाली पहिरनको चर्चित ब्रान्ड सोनम गियरमासमेत काम गर्छिन् । अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड स्थापित गरिसकेको सोनम गियरको प्रमुख डिजाइनरसमेत हुन् उनी ।
अन्चुले सन् २०१४ मा नै ‘टीजीआइएफ नेपाल फेसन वीक’ प्रतियोगितामा आफ्नो कला देखाएर फेसन डिजानिङमा आफू अब्बल रहेको प्रमाणित गरेकी थिइन् ।
प्रतियोगितामा आफूले डिजाइन गरेका पहिरनहरुबाट राम्रो प्रतिक्रिया पाएपछि अझ धेरै गर्न सक्छु भन्ने आत्मविश्वास थपिएको बताउँछिन् उनी ।
उनले नेपाली कलाकार वर्षा शिवाकोटी र मलिना जोशीलाई मात्र होइन, बलिउड कलाकार राहुल रोय, साधना सिंह, उर्वसी रतौलासमेतलाई उनीहरुकै रोजाइमा आफैंले पहिरन तयार पारिसकेकी छन् ।
उनी भन्छिन्–‘आफूले मिहेनतका साथ तयार गरेको पहिरन कलाकारहरुले मन पराएर फेरि अर्डर गर्दा निकै खुसी लाग्ने र आत्मविश्वास दोब्बर हुने रै’छ ।’
अन्चुले डिजाइन गरेको आकर्षक पहिरनहरुको कलेक्सन आइसी कलेजद्वारा चितवनमा आयोजित ‘फेसन नाइट भोएज अफ क्रियसन १ र २’ मासमेत प्रस्तुत् गरिसकेकी छन् ।
आफ्नो सीपलाई नयाँ सोचसँगै परम्परागत मौलिक शैलीको पहिरनलाई आधुनिक शैलीमा प्रस्तुत् गर्ने उनको विशेषता रहेको छ ।
अन्चुले तयार गरेको अधिकांश पहिरनहरु उच्च गुणस्तरीय कपडाहरुमा सुन्दर बनावटसहित क्लासिक कट बुट्टाहरु छन् ।
चुस्त र आर्कषक देखिने पहिरनका बुट्टाहरु उनी आफैंले हातले नै डिजाइन गर्ने बताउँछिन् अन्चु ।
नेपाली परम्परागत मौलिक संस्कृतिबाट पहिरनको डिजाइन गर्न प्रेरणा मिलेको बताउने अन्चु आफ्नै मौलिक फेसनलाई आधुनिकीकरण गर्नसके अहिलेको युवा–युवतीको पहिलो रोजाइ हुने उनको अनुभव छ ।
उनले गर्जेट, सिफन, सिल्क, कटन, नेट कपडाहरुमा फेब्रिक गरेर तयार गरेको पहिरनहरु क्लासिक र आधुनिक स्टाइलका सेमि फर्मल, इन्डो–वेस्र्टन, र क्याजुएल छन् ।
उनी भन्छिन्–‘मैले तयार गरेका पहिरनहरु युनिसेक्सुएल स्टाइलका छन् ।’उनी भन्छिन्, ‘मैले तयार गरेको पहिरनहरु युनिसेक्सुएल स्टाइलका छन् ।’
प्रतिक्रिया दिनुहोस्