
एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत पाए ।
जनमुक्ति र कांग्रेसको गठबन्धन भएको तिलोत्तमामा प्रमुख र उपप्रमुखसहित बहुमत वडामा एमालेले विजय हासिल गरेको हो ।
उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरी १९ हजार २२४ मतसहित विजयी भइन् भने निकटतम् प्रतिद्वन्द्वी जनमुक्तिकी गीता सारुले १६ हजार ६ मत प्राप्त गरिन् । यो नगरमा जनमुक्तिले रुख चिह्नबाटै चुनाव लडेको थियो ।
१७ ओटा वडा रहेको तिलोत्तमामा वडा नम्बर–९, १०, १६ र १७ कांग्रेस गठबन्धनले जितेको छ भने अरु १३ ओटामा एमालेको प्यानल विजयी भएको छ ।
तिलोत्तमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको चुनाव क्षेत्र हो । रासस
प्रतिक्रिया दिनुहोस्