११ असार २०८२, बुधबार | Thu Jun 26 2025


कैलालीको भजनी र कैलारीमा माओवादी केन्द्र विजयी


0
Shares

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार शेरबहादुर चौधरी पाँच हजार २२८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पुरुषोत्तम शर्माले बताए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका केबल चौधरीले पाँच हजार २५ मत प्राप्त गरे ।

यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रकै छायाँदेवी देवकोटाले पाँच हजार ८ मत प्राप्त गरी विजयी भइन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकै धनबासी डगौराले चार हजार ३७८ मत प्राप्त गरे ।

नगरपालिकाको वडाध्यक्षमा वडा नम्बर–१ र ५ मा एमाले, २, ४, ८, ९ मा माओवादी केन्द्र, ७ मा नेपाली कांग्रेस, ३ र ६ मा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका छन् ।

यसैगरी, कैलारी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लाजुराम चौधरी ६ हजार २०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजसमझ चौधरीले पाँच हजार ८८६ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेवतीरमण पोख्रेलले बताए ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै लक्ष्मी सतगौवा ६ हजार ६४मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकै अनिता चौधरीले पाँच हजार ४०७ मत प्राप्त गरेकी छन् ।

कैलालीका १३ स्थानीय तहमध्ये मंगलबार दिउँसोसम्म भजनी नगरपालिका र कैलारी गापासहित १० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र लम्की–चुहानगरपालिकाको मतगणना जारी छ । रासस