
चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेले अहिलेसम्म १ सय ३२ स्थानीय तहमा विजय हात पारेको छ ।
एमालेलाई पछ्याउँदै गरेको कांग्रेसले १ सय १५ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी भएको छ ।
यस्तै संघीय समाजवादी फोरमले ६ सिट जितेको छ भने फोरम लोकतान्त्रिकले पनि ६ सिट जितेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ र राष्ट्रिय जनमोर्चा २ र दुई जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्