११ असार २०८२, बुधबार | Thu Jun 26 2025


धरान उपमहानगर र पुनर्वास नगरको मत गणना अझै सुरु भएन


0
Shares

संघीय समाजवादी फोरमले विरोध गरेपछि सोमबार रातिदेखि स्थगित भएको मतगणना अझै सुरु हुन नसकेको हो ।

आफ्नो मत नेकपा मालेका उम्मेदवारलाई परेको भन्दै संघीय समाजवादी फोरमले विरोध जनाएपछि मतगणना स्थगित भएको थियो ।

नेकपा एमालेले पत्रकार सम्मेलन गरी मतगणना तत्काल सुरु गर्न माग गरेको छ ।

यसअघि मंगलबार नेकपा माओवादी केन्द्रका कार्यकर्ताले पनि मतगणना स्थलमा नाराबाजी गर्दै मतगणना सुरु गर्न माग गरेका थिए ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि मतगणना स्थगित गरिएको छ ।

वडा नम्बर १ मा खसेको मतभन्दा करिव एक सय मत बढी देखिएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चालगायतका पार्टीले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

सोमबार सर्वदलीय बैठकबसी सिसी टिभी जडान गर्ने सहमति भए पनि मतगणना शुरु हुन सकेको छैन ।

सिसी टिभी जडान गर्ने निर्णय भएसँगै माओवादी केन्द्रले भने पुनर्वास नगरपालिकामा मतगणना भइसकेका वडाहरु २, ३ र ४ मा पुनः मत गणना गर्नुपर्ने अडान लिएको छ ।