
राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएका हुन् । उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए ।
अध्यक्षमा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरिन् ।
यसैगरी, गौरीगन्ज गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसका दीपेन्द्र थापा निर्वाचित भए ।
६ वटा वडा रहेको सो गाउँपालिकाको वडामा कांग्रेसले चार र नेकपा माओवादी केन्द्र, र नेकपा एमालेले एक÷एक वडामा जित हासिल गरेका छन् ।
कांग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
राप्रपाले झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस्