
मङ्गलबार राति सम्पन्न मतगणनापश्चात् घोषित परिणामअनुसार एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी भएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरे ।
यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी भएकी छन् । उनी ६ हजार ५० मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।
गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा एमाले र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस विजयी भएका छन् ।
वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली कांग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा एमालेका किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी भएका छन् । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस्