१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


कपिलबस्तुमा सबै तहको नतिजा सार्वजनिक, पाँच तहमा काँग्रेसको अग्रता


0
Shares

पछिल्लो पटक महाराजगंज नगरपालिकाको नतिजा घोषणासंगै सम्पूर्ण तहको नतिजा सार्वजनिक भएको छ ।

जिल्लाका १० वटा तह मध्ये पांच स्थानमा नेपाली कांग्रेसले बिजय हासिल गरेको जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले जनाएको छ ।

कांग्रेसले कपिलबस्तु, बाणगंगा, महाराजगंज, बुद्धभुमि नगरपालिकामा जित हासिल गरेको छ ।

यसैगरि नेकपा एमालेले शिवराज नगरपालिका र बिजयनगर गाउपालिकामा जित हासिल गरेको हो ।

स्वतन्त्र उम्मेद्वारले कृष्णनगर नगरपालिका र शुद्धोधन गाउपालिकाले जित हासिल गरेका छन् ।

जिल्लाको मायादेवी गाउँपालिकामा भने संघीय समाजवादी फोरम नेपालले जितेको छ ।

धेरै तहमा एकै राजनैतिक दलको किल्लालाई अन्य दल तोेडेर इतिहास बदलेका छन् ।

कुन तहमा कसले विजय हासिल गरे ?

नेपाली कांग्रेस 
१. कपिलबस्तु नगरपालिकामा प्रमुखमा किरण सिंह र उपप्रमुखमा लक्ष्मी गुप्ता 
२.बुद्धभुमि नगरपालिकामा प्रमुखमा केशव श्रेष्ठ र उपप्रमुखमा मीरा चौधरी 
३. महाराजगंज नगरपालिकामा अब्दुल कलाम खाँ र सुभावती कुर्मी 
४.यशोधरा गाउपालिकामा अध्यक्षमा गिरिजेश पाण्डे र उपाध्यक्ष कन्यावती उपाध्याय 
५.बाणगंगा नगरपालिकामा प्रमुखमा मंगल थारु र उपप्रमुखमा एमालेका चक्रपाणी अर्याल 

नेकपा एमाले 

१. शिवराज नगरपालिकामा प्रमुखमा नेत्रराज अधिकारी र उपप्रमुखमा शिव कुमारी चौधरी 
२. बिजयनगर गाउपालिकामा अध्यक्षमा गोपाल बहादुर थापा र लक्ष्मी कुमारी चौधरी 
स्वतन्त्र 

१.कृष्णनगर नगरपालिकामा प्रमुखमा रजत प्रताप शाह र उपप्रमुखमा माओवादी केन्द्रकी सवनम खातुन 
२. शुद्धोधन गाउपालिकामा अध्यक्षमा निसार अहमद खां र उपाध्यक्षमा नेपाली कांग्रेसका सुधादेवी पाण्डेय 

फोरम नेपाल 

१. मायादेवी गाउपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका बजरंगी कुर्मी र उपाध्यक्षमा नया शक्ति नेपालका गीता तिवारी