११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


सवारी चालकको स्वास्थ्य परीक्षण


0
Shares

सिन्धुली, माघ १८ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी चालकको स्वास्थ्य परीक्षण गर्न थालेको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालकको स्वास्थ्य परीक्षण गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । राजधानी काठमाडौंलाई पूर्वी जिल्लासँग छोटो दूरीमा जोड्ने गरी निर्माण गरिएको बनेपा–सिन्धुली–बर्दिवास सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटना न्यूनीकरण गर्न सो अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अभियानअन्तर्गत अहिले चालकको ब्लडप्रेसर, आँखाको क्षमतालगायतका सामान्य स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।

वीपी राजमार्गबाट यात्रा गर्दा समय र इन्धनको समेत बचत हुने भएपछि यो राजमार्ग प्रयोग गरेर गुड्ने सवारी साधन बढेका छन् । जसले गर्दा दुर्घटना समेत बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको सक्रियतामा सवारी साधनको चेकजाँच, चालकको स्वास्थ्य परीक्षण र सवारीका साधनमा फस्ट एड बक्स राख्ने कामलाई तीव्रता दिइएको हो ।