१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


झापाको बाह्रदशी गाउँपालिकामा कांग्रेस विजयी


0
Shares

अध्यक्षमा खड्गप्रसाद राजवंशी (५५३९ मत) र उपाध्यक्ष पदमा रत्ना राजवंशी (५४५३ मत) ले विजयी भएका हुन् ।

अध्यक्ष पदमा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याएका छन् ।

झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटाको परिणाम आइसकेको छ । जसमध्ये तीनवटा गाउँपालिका हल्दिबारी, केचनकवल र गौरीगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कनकाई नगरपालिकामा नेकपा एमाले, कमल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ भने झापा गाउँपालिका र बाह्रशीमा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

बाँकी रहेका मेचीनगर, दमक, भद्रपुर, विर्तामोड, शिवसताक्षी र अर्जुनधारा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा नेकपा एमाले अगाडि छ । (रासस)