१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


खजुरा गाउँपालिकामा एमाले विजयी


0
Shares

अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बर बिक तूफानले ६ हजार ८९२ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा एमालेकै एकमाया विकले आठ हजार २१४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फिरोज बानो खाँले ६ हजार ४३३ मत प्राप्त गरे ।

आठ वडा रहेको सो गाउँपालिकामा एमालेले १, २ ४, ६ र ७ मा विजयी भएका छन् भने कांग्रेस वडा नं ५ र ८ मा तथा माओवादी केन्द्र वडा नं ३ मा विजयी भएका छन् । (रासस)