१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


धरानमा मतगणना अवरुद्ध भएको ३४ घन्टा बित्यो


0
Shares

मतगणनाको योगफलमा मतगणकले गम्भीर त्रुटि गरेको तथ्य फेलापरेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणनाकार्य अहिलेसम्म सुरु हुन सकेको छैन ।

धरान–९ को मतगणना चलिरहँदा मतगणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि मतगणनाकार्य अवरुद्ध बन्न पुगेको थियो ।

मतगणना सुचारु गर्ने विषयलाई लिएर मंगलबार दिनभरि धरानमा पटक–पटक बैठक बसे पनि राजनीतिक दलबीच सहमति कायम हुन सकेन ।

मतगणना सुचारु गर्ने विषयमा बुधबार पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउँसोबाट मतगणनाकार्य अगाडि बढ्नसक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिको पछिल्लो मतगणनाको नतिजाअनुसार प्रमुख पदमा एमालेका द्वारिकलाल चौधरीले १३ हजार ९९८ र उपप्रमुखमा सोही पार्टीका लक्ष्मी गौतमले १२ हजार ९८६ मत प्राप्त गरी अग्रता लिएका छन् ।

प्रमुखमा नेपाली कांग्रेसका रोहित प्रसाइँले १२ हजार ६१७ र उपप्रमुखमा विकला ढकालले ११ हजार ६५९ मत ल्याएर पछ्याइरहेका छन् । रासस