१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


लम्की र घोडाघोडीमा एमाले विजयी, वडाध्यक्षमा भाइले दाजुलाई हराए


0
Shares

नगरप्रमुखमा महादेव बजगाइँ ६ हजार ८१९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर थापाले ६ हजार २५५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिए ।

उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गरिन् ।

सो नगरपालिकामा ३९ हजार २३५ मतदाता रहेकामा २८ हजार ३५४ मत खसेको थियो ।

यस्तै, कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ ।

प्रमुखमा ममताप्रसाद चौधरी ८ हजार १६४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापाले सात हजार २३४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात हजार ६४ मत प्राप्त गरिन् ।

सो नगरपालिकाको वडा नम्बर–१, ४, ५, ७, ९ र १० को वडाध्यक्षमा एमाले, वडा नम्बर–२ र ८ मा कांग्रेस, वडा नम्बर–३, ६ र १२ मा माओवादी केन्द्र तथा वडा नम्बर–११ मा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।

कैलालीको १३ स्थानीय तहमध्ये १२ ओटाको नतिजा आइसकेको छ भने धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ ।

वडाध्यक्षमा भाइले दाजुलाई पराजित गरे
धनगढी उपमहानगरपालिका–३ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उनका दाजु राजबहादुर ऐर पराजित भएका छन् । कांग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गरे ।

विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिए ।राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताए । रासस