२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


‘उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत’


0
Shares

वासिंटन, माघ १८ । अमेरिकाले उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको जनाएको छ ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टिफन बिएगुनले उत्तर कोरिया सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको बताएका हुन् । उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता बढाउने सबै सामग्री नष्ट गर्न सहमत भएको र परमाणु निशस्त्रीकरण प्रक्रियाका बारेमा छलफल गर्न उसले चाहेको जानकारी दिए ।

परमाणु निशस्त्रीकरणका लागि उत्तर कोरियाको परमाणु तथा हतियारको क्षमताका बारेमा जानकारी हुनुपर्ने उनको भनाइ छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशले परमाणु निशस्त्रीकरण र सम्बन्ध विकासका विषयमा उत्कृष्ट प्रगति भएको बताएका थिए ।

विशेष दूत स्टिफनले राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने दोस्रो वार्ताको स्थान र समय चाँडै जानकारी गराइनेसमेत बताए । दुई नेताबीच गत वर्ष सिंगापुरमा पहिलो भेटवार्ता भएको थियो । (एजेन्सी)