Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


चीनसँग जोड्ने सडकको यस्तो हालत, भासिएका गाडी निकाल्न यात्रुलाई सास्ती (भिडियो)


0
Shares

रसुवाको पासाङल्हामु मार्गको मूलखर्कमा दिनहुँजसो बर्षाले सडकमा माटो थुप्रिन गई सवारी सञ्चालन गर्न कठिनाई भएसँगै सडक अबरुद्ध हुन थालेको हो ।

सडक अबरुद्ध हुँदा सदरमुकाम धुन्चे तथा चीनको केरुङ तथा काठमाडौंतर्फ आवतजावत गर्ने सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

बाटो अबरुद्ध हुन थालेसँगै सवारी चालक तथा यात्रुले सम्बन्धित निकायले काम नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सवारी चालक तथा यात्रुले रोकिएका सवारी साधनलाई डोरीले तानेर भने पनि कटाउने प्रयास गर्दा समेत सडक डिभिजन कार्यालय नुवाकोटले बेवास्ता गरेको आरोप स्थानीयको छ ।

सवारी चालकहरुले सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुखलाई बाटो अबरुद्ध भएको स्थानमा भेटिएपछि तत्काल बाटो सुधार गर्न माग गरेका छन् ।