२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ


0
Shares

प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो ।

यस्तै प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ ।

कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२० एम्पुल फेनार्गन, १२० एम्पुल नुर्फिन र १९ एम्पुल लुपिजेसिक बरामद गरेको छ ।

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले सर्लाही मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९२६७ नम्बरको यात्रुबाहक बसबाट लागूऔषध बरामद गरेको जानकारी दिए ।

प्रभागले लागूऔषध ओसारपसारमा संलग्न थप दुई जनालाई कलङ्कीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका सविन लामा र प्रभुराम आलेमगर रहेका छन् ।

प्रभागका प्रमुख घर्तीमगरले पक्राउ गरिएका अभियुक्तको थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको जानकारी दिए । रासस