बाढीपीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटानस्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।
त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत बाँध पुनःनिर्माणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेको बताइएको छ ।
महुलीनदीमा आएको बाढीले केही मिटरको फरकमा विभिन्न पाँच स्थानमा बाँध भत्किएर छेउमै रहेको तिरहुत गाउँपालिका–५ मा रहेको बस्ती पूर्णरुपमा डुबानमा परेको छ ।
यस्तै, सोही बाढीले साबिकको मैनाकडेरी–५, ६, ९ र लोहजरा–८ स्थितको बस्तीमा पानी पसेर घरमा रहेको खाद्यान्न सामग्री, लत्ताकपडासमेत बगाएको र केही घर कटानसमेत गरिएको स्थानीयवासी बिनाइ तिवारीले गुनासो गरे ।
नदीको पानी सीधै बस्तीमा पस्ने गरेकाले पानीको मात्रा बढ्न थालेपछि घर छाडेर अधिकांश व्यक्ति छिमेकीको शरणमा पुगेका छन् । रासस










प्रतिक्रिया दिनुहोस्