स्थानीय तह निर्वाचन २०७४ को सुरक्षका लागि तीन महिनाअघि भर्ना गरिएका म्यादी प्रहरीको बिहीबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमबीच प्रशंसापत्रसहित बिदाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले म्यादी प्रहरीलाई प्रशंसापत्र दिएर बिदाइ गरेका थिए ।
गत चैत २५ गते स्थानीय तह निर्वाचनका लागि भन्दै जिल्ला प्रहरी कार्यालय कन्चनपुरले १५५ जनालाई म्यादी प्रहीमा भर्ना गरेको थियो ।
म्यादी प्रहरीले निर्वाचन अवधिभर राम्रो काम गरेकाले सम्मानपूर्वक बिदा गरेको प्रहरी प्रमुख चन्दले बताए ।
९५ दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रतिजवान ७७ हजार रुपैयाँ सेवा–सुविधा पाएका थिए ।










प्रतिक्रिया दिनुहोस्