भारत, उत्तराखन्डको पिथौरागढ जिल्लास्थित धारचुला–तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अरु दुईजना नेपाली घाइते भएका छन् ।
मृत्यु हुनेमा दार्चुला, दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाइ वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेको प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त घटनामा परी तीन भारतीय नागरिककोसमेत मृत्यु भएको छ ।
घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलंगा फर्कंदै गरेका नेपाली पहिरोमा परेका हुन् । रासस










प्रतिक्रिया दिनुहोस्