
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार (आज) राजधानीमा गरेको कार्यक्रममा उनले हिमाल, पडाह, तराई जहाँ बसेपनि र जहाँको भाषा भएपनि त्यसको प्रयोग शुद्ध हुनुपर्छ भने ।
त्यस्तै, अर्का वरिष्ठ साहित्यकार डा.देवी नेपालले हिजो–आज भाषिक शुद्धता भन्दापनि भाषालाई बिगारेरै गीत बनाउने र गाउने प्रवृत्ति बढेको बताए । यसबाट गीत–संगीतमात्रै नभई समग्र नेपाली साहित्य क्षेत्रमा नै असर पुग्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
यस्तै, वरिष्ठ भाषाविद् डा.माधव पोखरेलले भाषिक शुद्धता कायम नगरी साहित्य क्षेत्रको विकास हुन नसक्ने बताए ।
कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराइले नेपाली गीत–संगीतमा भाषिक शुद्धता सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले नेपालको गायन क्षेत्रमा सेतुरामदेखि अहिलेका नयाँ पुस्तासम्मको उल्लेखनीय योगदान रहेको बताइन् ।
गीत–संगीतमा भाषा र भाका दुईओटा पाटा रहने भन्दै उनले गीतमा भाषाको शुद्ध प्रयोग र शुद्ध उच्चारण हुनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्