चुनावमा भाग लिएका संघीय समाजवादी फोरम र नेपाल फोरम लोकतान्त्रिकले उनीहरुको प्रभाव क्षेत्रमै नमिठो पराजय भोगेका छन् । संघीय समाजवादी फोरमले ८ तह मात्र जित्न सफल भयो भने फोरम लोकतान्त्रिकले ६ तहमा चित्त बुझाएको छ ।
चुनावमा भाग नलिने निर्णय गरेको राजापाका केही कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएर केही स्थानमा जित हासिल गरेका छन् । संविधान सभाको पहिलो चुनाव र दोस्रो चुनावको अनुपातमा यी दलहरुले १४ तह जित्नु अत्यन्त न्यून हो ।
पहिलो संविधान सभाको निर्वाचनमा उपेन्द्र यादव र विजय गच्छदारले मोरङ र सुनसरीका दुई–दुई क्षेत्रबाट चुनाव जितेका थिए । तर स्थानीय तहको चुनावमा भने यी दुवै दल नराम्रोसँग खुम्चिएका छन् ।
के भन्छन् विश्लेषक ? भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्