
राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट ‘कुल कुल’लाई सार्वजनिक गरिएको हो ।
संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा विशिष्ट अतिथि रहेको उक्त ‘कुल कुल’ सार्वजनिक कार्यक्रमको सभापतित्व भने गीतकार गोविन्दराज शिवकोटीले गरेका थिए ।
गायक कृष्ण भट्टराई उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै गीतकार शिवाकोटीले आफूलाई विश्वास गरेर एकल एल्बमको गीत नै गाउने अवसर दिनुभएकोमा खुशी व्यक्त गर्दै आफू अबको सांगीतिक यात्रामा निरन्तर अगाडि बढ्ने बताए ।
गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।
त्यसैगरी प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापाले गायक भट्टराई राम्रो प्रतिभा भएको उल्लेख गर्दै गीतकार शिवकोटीका शब्दहरुमा पनि फरकपन पाएको बताएका थिए ।
गीतकार गोविन्दराज शिवकोटीले गीतका थापाका गीत सुनेर प्रभावित हुँदै गीत लेखनमा लागेको बताउँदै आज प्रत्यक्ष भेट्न पाएको छु, भन्दै खुशी व्यक्त गरे ।
गीतकार महेश आचार्यले सहजिकरण गरेको कार्यक्रममा सिर्जना र श्रष्टाले पाउने रोयल्टीका बारेमा चर्चा गरिएको थियो । एल्बमभित्र तीन गीत समावेश छन् ।
कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा, आज फेरी जस्ता गीत समावेश गरिएका छन् । कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् ।
जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत गरेका छन् । एल्बमलाई डस म्युजिकले बजार प्रबद्र्धन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्