Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


स्थानीय शासन विधेयक संसदमा पेस


0
Shares

                                                                              फाइल फोटो
उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत् गरेका हुन् ।

विधेयक प्रस्तुत् गर्दै उपप्रधानमन्त्री गच्छेदारले, गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रलाई स्पस्ट पार्न तथा संघ र प्रदेशसँग स्थानीय तहको सम्बन्धलाई स्पस्ट पार्न विधेयक ल्याइएको बैठकलाई जानकारी दिए ।

विधेयकमा विरोधको सूचना दिँदै सांसदहरु प्रेम सुवाल, अनुराधा थापामगर, डिल्लीप्रसाद काफ्लेले आफ्ना अवधारणा पेस गरेका थिए ।

साथै, उनीहरुले विरोधको सूचना फिर्ता नलिएपछि सभामुखले उक्त सूचनालाई निर्णयार्थ पेस गर्दा बैठकको बहुमतले अस्वीकृत गरेको थियो । रासस