Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी


0
Shares

एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज खरेलले ९ हजार ६४१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा एमालेका कमला आचार्य १२ हजार ८३१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सरस्वती सिटौलाले १० हजार ५७९ मत प्राप्त गरेकी छन् ।

११ वडा रहेको अर्जुनधारामा ८ ओटामा एमाले विजयी भएको छ । एमालेबाट वडा नम्बर–१ मा गजाधर खतिवडा एक हजार १७५, वडा नम्बर–२ मा रघुनाथ खनाल ९५७, वडा नम्बर–४ मा दुर्गाप्रसाद दाहाल एक हजार ११८, वडा नम्बर–५ मा ध्यानबहादुर भारती एक हजार १६४, वडा नम्बर–६ मा लोकनाथ गौतम ७८८, वडा नम्बर–९ मा पुष्पकुमार प्रसाइँ एक हजार २२९, वडा नम्बर–१० मा बलदेवसिंह गोम्देन एक हजार १७८ र वडा नम्बर–११ मा भैरवबहादुर खड्का एक हजार ४८९ मतसहित विजयी भएका छन् ।

बाँकी तीनओटा वडामा कांग्रेस विजयी भएको छ । कांग्रेसबाट वडा नम्बर–३ मा जीवनकुमार भण्डारी एक हजार २२७, वडा नम्बर–७ मा नवराम ढुंगाना ९४२ र वडा नम्बर–८ मा गोपीचन्द्र गौतम ९७४ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

झापामा यसअघि नै सबै गाउँपालिका र नगरपालिकाको परिणाम आइसकेको छ । रासस

Skip This