उनले आफ्नो एक महिनाको पारिश्रमिकबाट सप्तरीको मयनाकडेरी, भेडिया र रघुनाथपुरका १ सय १० परिवारलाई प्रति परिवार एक–एक थान झुल उपलब्ध गराएका हुन् ।
जिल्लाको डुमरी टोलका बाढी पीडित परिवारलाई समेत ४० थान झुल वितरण गरिने उनले जानकारी दिए ।
बाढी प्रभावित बस्ती तथा कटान भएका क्षेत्रको निरीक्षणका क्रममा सांसद गुरुङले बाढी पीडितको दैनिकी कष्टकर रहेकाले स्थायी समाधानका लागि राज्य संयन्त्र गम्भीर बन्न नसकेको टिप्पणी गर्दै दुःख व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्