१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


प्रहरीलाई गलत सूचना दिएपछि…


0
Shares

काठमाडौं, माघ १६ । आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रणकक्षमा राखिएका १०० नम्बरमा झुटा सूचना दिने दुईजनालाई पक्राउ गरिएको छ ।

गलत सूचना प्रवाह गर्दै प्रहरीलाई हैरानी दिने सिन्धुली, कमलामाई नगरपालिका घर भइ हाल गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा, हिले घर भइ गोकर्णेश्वर नगरपालिका–४ बस्ने २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

मदिरा पिएर उपत्यकाका विभिन्न स्थानमा ‘घटना घटेको छ’ भन्दै फोन गरेर गलत सूचना दिएको र उक्त कार्य नगर्न अनुरोध गर्दा प्रहरीलाई नै अश्लील शब्द प्रयोग गरी हैरानी दिएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले बुधबार जानकारी दिए । रासस