३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


‘सी यु अगेन’ले तोड्यो ‘गंगनम स्टाइल’को कीर्तिमान (भिडियो)


0
Shares

दक्षिण कोरियाली ‘मेगाहिट’ ‘गंगनम स्टाइल’ पछिल्लो पाँच वर्षसम्ममा सबैभन्दा बढी २ अर्ब ८९ करोड ४५ लाख ३० हजार ८१८ (मंगलबार दिउँसो साढे ४ बजेसम्म)पटक हेरिएको छ ।

यो संख्यालाई भंग गरेर ‘सी यु अगेन’ गीतलाई २ अर्ब ८९ करोड ५७ लाख २४ हजार ८७७ (मंगलबार दिउँसो साढे ४ बजेसम्म) पटक हेरिएको छ ।

‘गंगनम स्टाइल’भन्दा ‘सी यु अगेन’ बोलको गीत ११ लाख ९४ हजार ५९ (मंगलबार दिउँसो साढे ४ बजेसम्म) पटक बढी हेरिएको छ । यो संख्यासँगै विगत पाँच वर्षसम्मको कीर्तिमान भंग भएको हो ।

अहिले चर्चित बनिरहेको ‘सी यु अगेन’ गीत युट्युब ‘प्ले काउन्टर चार्ट’को पहिलो नम्बरमा छ भने ‘गंगनम स्टाइल’ दोस्रो नम्बरमा छ ।

बीबीसीकाअनुसार ‘सी यु अगेन’ गीतको कुल हेरिएको संख्यालाई जोडेर लगातार स्ट्रिमिङ गर्ने हो भने कुल समय २१ हजार ७५९ वर्ष लाग्नेछ ।

यो गीत हलिउड एक्सन फिल्म ‘फास्ट एन्ड फुरिएस–७’का लागि लेखिएको थियोे । यस फिल्मको टाइटल गीतले कीर्तिमान नै भंग गर्नुको कारण भने उक्त फिल्मको छायाँकन सकिएलगत्तै मुख्य अभिनेता पाउल वाकरको कार दुर्घटनामा मृत्यु हुनुलाई लिइएको छ ।

वास्तवमै यस गीतको शब्दहरु पाउलकै लागि गाइएको थियो । वाकरलाई उनको टिमले ‘सी यु अगेन’ भन्दै फिल्मको अन्त्यमा उक्त गीत बनाएका थिए ।

सन् २०१५ मा उक्त गीत विश्वभर सबैभन्दा बढी बिक्री भएको गीतको पहिलो सूचीमा परेको थियो भने विश्व चर्चित पुरस्कार ग्राम्मी र अस्कारमासमेत मनोनयनमा परेको थियो ।

यस गीतमा उक्त फिल्मको मुख्य दृष्यहरु समावेश गरिएको छ । र, अन्त्यमा ‘पाउल कै लागि’ लेखेर उनीप्रति श्राद्धञ्जलि दिइएको छ ।

गत सेप्टेम्बरमा यस गीतको दर्शक २ अर्ब पुगेको थियो । यो संख्या बढेर करिब ६ महिनामै २.५ अर्ब नाघेपछि चर्चित गीत ‘गंगनम स्टाइल’पछि परेको हो ।

युट्युबमा सबैभन्दा बढी कमाउने भिडियोको सूचीमा पनि ‘सी यु अगेन’ नै परेको छ ।

युट्युबकाअनुसार उसले प्रत्येक वर्ष १ बिलियन अमेरिकन डलर संगीत उद्योगलाई रोयल्टीबापत दिने गर्दछ ।

 

भिडियो हेर्नुहोस्