Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


दोस्रो चरणको स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक : माओवादी केन्द्र


0
Shares

अध्यक्ष पुष्पकमल दाहालको निवासमा मंगलबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रले पार्टीको संगठनात्मक व्यवस्थापनको कमजारीले निर्वाचनमा अपेक्षाअनुसार जित हासिल हुन नसकेको निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा र साउन २ गते बस्ने सचिवालयको बैठकका एजेन्डाबारे छलफल भएको जानकारी दिए ।

बैठकले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन र प्रदेश तथा संघीय संसदको निर्वाचनका लागि सुदृढ रणनीति बनाएर जाने निर्णय पनि गरेको छ ।