२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


दाङका व्यापारी श्रेष्ठको अपहरण–हत्यामा संलग्न युवती, उनका बाबुसहित तीनजना पक्राउ


0
Shares

व्यापारी श्रेष्ठलाई अपहरण गरी फिरौती माग्न संलग्न रहेको अभियोगमा दाङ, तुलसीपुरकी पूजा घर्तीलाई भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पूजासहित हत्यामा संलग्न उनका बाबु टीकाराम घर्ती र सल्यानका मानबहादुर भण्डारीलाई पनि प्रहरीले पक्रेको छ ।

उनीहरु तीनैजनालाई मंगलबार अपराह्न दाङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

श्रेष्ठको हत्यामा संलग्न अरु चारजनालाई प्रहरीले यसअघि नै पक्रेको थियो । पूजाले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेलापरेको थियो । राजकुमार श्रेष्ठले तुलसीपुरबजारस्थित बुटवल वस्त्रालय सन्चालन गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

दाङका व्यापारी–हत्या अपहरणका मुख्य योजनाकार काठमाडौंबाट समातिए